सत्रझ्याले पाहुनाघर र फर्सीका मुन्टा
himalpress.com · Sat Jul 25 10:07:42 GMT 2026

असारको मध्यदिन टन्टलापुर घामले थाप्लो पोले पनि हामी फुर्तीले हिँडिरहेका थियौँ लेलेको दक्षिण डाँडोमा। टीकाभैरवको मन्दिरलाई बाढीले बगाएपछि नयाँ निर्माणको काम हुँदै रहेछ। भैरवलाई खुसी पार्न कलिलो बोको रेटिँदै थियो। उसको रगतको छिर्काले ढुँगा रंगियो भैरव खुसी भए भएनन् थाहा भएन। परम्परालाई आस्थाको टीको लगाएर हामीले टीकाभैरवको दर्शन गर्यौँ।
ढुंगाढुंगामा, माटोमाटोमा र पातपातमा, प्रत्येक जीवको आत्मामा देव र देवीको बास हुने देश हो हाम्रो नेपाल। टीकाभैरवमा अनादिकालदेखि गाडिएर बसेको विशालकाय ढुंगाको पनि परिक्रमा गर्यौँ। आस्थाको टेको र परम्पराको मेसो मिलेपछि रीतिले थिति बसाल्ने रहेछ। देवशालाको अर्को कुनामा भक्तिधारामा भजन गाइरहेका भक्तहरू एकाग्रभावले चिन्तनशील थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)