एभरटनसँग आर्सनल स्तब्ध
ekantipur.com · Sun Feb 05 01:07:05 GMT 2023
लन्डन — प्रिमियर लिग शीर्षस्थानको आर्सनललाई रेलिगेसन खतरामा रहेको एभरटनले शनिबार गुडिसन पार्कमा १–० ले स्तब्ध पारेको छ । यस सिजनको लिगमा आर्सनलको केवल यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित हात पार्न नसकेको एभरटनलाई नयाँ व्यवस्थापकको रूपमा आएपछि सन डाइसले पहिलो खेलमै विजय दिलाए ।
सन् २००४ पछि पहिलो लिग उपाधि जित्ने आसमा रहेको आर्सनल अहिले पनि ५ अंकले अगाडि छ । तर, म्यानचेस्टर सिटीले आइतबार टोटेनहमलाई पराजित गरेमा यो दुरी २ अंकमा छोटिने छ । आफ्नो गृहमैदानमा एभरटनले पछिल्ला ४ खेल हारेको थियो । सन् १९५८ यता एभरटन पहिलो पटक यति कमजोर स्थितिमा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)