अमेरिकाले गल्फ राष्ट्रको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्ने
nepalnews.com · Sun Jun 07 03:41:55 GMT 2026
रोयटर्स । अमेरिकी सरकारले इरानद्वारा गराइएको क्षतिको पुनर्निर्माण तथा मर्मतका लागि इरानी सम्पत्ति प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालेको छ । इरानले कुवेत र बहराइनमाथि थप ड्रोन तथा मिसाइल आक्रमण गरेपछि यस्तो तयारी अघि बढाइएको हो ।
स्रोतका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गल्फ राष्ट्रहरूमा इरानका कारण भएको क्षतिको लागत मूल्यांकन गर्न निर्देशन दिएका छन् । भविष्यमा हुने क्षतिपूर्ति तथा पुनर्निर्माणमा पनि इरानी सम्पत्ति प्रयोग गर्ने विकल्पबारे अमेरिका विचाररत रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)