अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
ratopati.com · Sun Jun 07 03:42:33 GMT 2026

अछाम । अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। कमलबजार नगरपालिका वडा नम्बर ७ क्वालेखस्थित सडक खण्डमा गुडिरहेको सवारी साधन दुर्घटनामा परेको हो।
सदरमुकाम मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप सडकमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर सोही ठाउँका ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)