रास्वपा अधिवेशनका बेला संसद् स्थगित गरिएको भन्दै खुश्बु आक्रोशित, भनिन्: संसद् कुनै दलको सुविधाका लागि होइन
nagariknews.nagariknetwork.com · Sun Jun 07 03:35:26 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले लामो समय संसद् (प्रतिनिधिसभा) बैठक स्थगित गरिएको भन्दै प्रश्न गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै उनले संसदीय अधिवेशन यति लामो समयसम्म स्थगित गर्नुको वास्तविक औचित्य मागेकी हुन्।
उनले भनेकी छन्, ‘विगत पाँच दिनसम्म संवादको लागि कुनै आव्हान भएन। समाधान खोज्ने कुनै पहल भएन। बरु सदनको लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको गम्भीर आशंका पैदा भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)