युरोपमा तयारी पोशाक निर्यात बढ्यो
abhiyandaily.com
सन् २००७/८ मा ३ अर्ब ३१ करोडको तयारी पोशाक निर्यात भएकोमा रू. १ अर्ब ५५ लाखले बढेर सन् २००८/९ मा रू. ४ अर्ब ३५ करोड पुगेको छ । सो अवधिमा युरोपेली संघमा तयारी पोशाकको भन्सार हटाइएका कारण निर्यात बढेको थियो । यसले कुल निर्यात बढे पनि अमेरिकामा १५६ प्रतिशत भन्सार शुल्क कायमै रहेकाले त्यहाँ भने निर्यात घटेको नेपाल तयारी पोशाक संघका अध्यक्ष उदयराज पाण्डेले बताए । अमेरिकामा पनि युरोपेली संघमा जस्तै भन्सार शुल्क शून्य गरिए निर्यात बढ्ने उनको भनाइ छ ।
हाल नेपालमा साना र ठूला गरी २० देखि २५ को हाराहारीमा तयारी पोशाक उद्योग सञ्चालनमा छन् । उत्पादित पोशाकमध्ये ज्याकेट, महिला र पुरूष पोशाकको विदेशमा माग बढी छ । विदेशबाट माग भएअनुसार सधैं एक किसिमका पोशाक निर्यात नभएर मौसमअनुसारका पोशाक निर्यात हुने अध्यक्ष पाण्डेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)