बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
ratopati.com · Fri Jul 24 15:53:16 GMT 2026

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा आज सञ्चालित स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणबाट ती बालकमा छाला रोग सङ्क्रमण देखिएको हो ।
भेरी अस्पतालले एडभोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका १७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । स्वास्थ्य परीक्षणपछि आठ जनालाई थप उपचारका लागि भेरी अस्पताल पठाइएको गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)