डे-केयरमा २३ महिने बालकमाथि कुटपिट भएको भाइरल भिडियो: कहाँको हो घटना ?
techpana.com · Sun Jun 28 13:22:10 GMT 2026

काठमाडौँ । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा डे-केयरमा भएका बालबालिकाहरूको एउटा सीसीटीभी भिडिओ भाइरल भइरहेको छ । भिडियोमा तीन जना बालबालिका कुनै पनि शिक्षक वा वयस्कको निगरानी बिना एउटा कोठा देखिन्छन् । एक बालकले अर्को बालकलाई टोक्दै, चिथोर्दै र कुट्दै निरन्तर आक्रमण गरिरहेका छन् भने पीडित बालक निरन्तर रोइरहेकाे सुनिन्छ ।
भिडिओमा देखिएकी अर्की बालिकाले कुटपिट गर्ने बालकबाट पीडितलाई बचाउन खोज्छिन् । तर, ती बालकले आफूलाई पनि पिट्न लागेपछि पछि हट्छिन । बालिका बाहिर निस्किनका लागि ढोका खोल्न खोज्छिन् तर सक्दिनन् । भाइरल भिडिओमा निरन्तर १० मिनेटसम्म बालकलाई कुटिरहेकाे देखिन्छ । सीसीटीभी क्यामेराबाट कैद भएको उक्त भिडिओमा सोमबार बिहान ११:२० देखि ११:३० सम्मको समय देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)