जाजरकोटमा पन्ध्र सय हेक्टरभन्दा बढी जमिन अतिक्रमण
gorkhapatraonline.com · Sun Jun 07 03:45:02 GMT 2026

। सदरमुकाम खलङ्गासहित सात वटा स्थानीय निकायका वनक्षेत्रमा सर्वसाधारणले घरटहरा निर्माण गरी बसोबास गर्दा एक हजार पाँच सय हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको छ । जाजरकोट सदरमुकाम खलङ्गाको सात वटै स्थानीय तहका सार्वजनिक वन, जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोट अदालतको नाममा भएको वरपरको वनक्षेत्र फँडानी गरी केही वर्षअघिदेखि सर्वसाधारणले घरटहरा बनाएर बसोबास गर्दै आएका छन् ।
सरोकारवाला निकाय, डिभिजन वन कार्यालयले पटक पटक अतिव्रmमित जमिन खाली गराउन निर्देशन दिएको भए पनि सर्वसाधारणले अटेर गरिरहेका छन् । चार वर्षअघि जमिन खाली गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँचबुझ गरी गृह मन्त्रालयलाई पत्राचार गरेको थियो तर सरकारको कडा निगरानी नगर्दा सुकुमवासीबाहेकले पनि घरटहरा बनाएर जग्गा ओगट्ने क्रम बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)