जलहरीमा सुन कि पित्तल विवाद
gorkhapatraonline.com · Sat May 27 06:25:44 GMT 2023
काठमाडौँ, जेठ १३ गते । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुव्रmबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन्। यस विवादलाई लिएर शनिबार बिहान प्रधानमन्त्रीसहितका शीर्ष नेताबिच हुने छलफलबाट मात्र टुङ्गो लाग्ने भएको छ। छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन।
जेठ १० गते नीति तथा कार्यव्रmमको छलफलमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको आरोप लगाएको दुई दिनपछिको बैठकमा एमालेले विरोध गर्दै रोस्ट्रम नै घेराउ ग¥यो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)