सरकारी आम्दानीमा अर्थमन्त्रीको अक्षमता
ekantipur.com · Wed Dec 21 01:21:08 GMT 2022
यो आर्थिक वर्ष सुरु भएको पाँच महिनामै मुलुकको सरकारी ढुकुटी ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ को चालमा छ । गत साउनदेखि मंसिर मसान्तसम्म संकलित राजस्वले सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक, सेना, प्रहरी र प्रशासनिक खर्च धान्न पनि कठिन पर्न थालेको छ ।
मंसिरसम्म ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएकामा त्यति नै बराबर ३ खर्ब ५४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ चालु खर्च भइसकेको छ । सरकारको आम्दानी र खर्चका हिसाबले विरलै आउने यो अवस्था मुलुकको अर्थतन्त्र र शासन प्रणालीका लागि अशुभ संकेत हो । यस्तो अवस्था सृजना हुनुका कारणहरू पहिल्याएर समस्या समाधानका लागि राजनीतिक तथा प्रशासनिक संयन्त्रहरू गम्भीर हुन आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)