‘जापानबाट नेपालले सिक्नुपर्छ’
gorkhapatraonline.com · Sun Dec 04 01:03:00 GMT 2022
काठमाडौँ, मङ्सिर १८ गते । जापानको राजनीति, विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । जापानी विश्वविद्यालय अलुमुनाइ एसोसिएसन नेपालले शनिबार आयोजना गरेको जापानको विगत, वर्तमान र भविष्य विषयक गोष्ठीमा बोल्दै धेरै विषयमा नेपाल–जापानबीच समानता भए पनि नेपालले विकास पथमा अघि बढ्न नसक्नुका कारणको खोजी गर्नुपर्नेमा उहाँहरूको जोड थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको लोकतन्त्र संस्थागत गर्न लामो समयदेखि सघाउ पु-याउँदै आएको जापानको तुलनामा नेपालले आशातित विकास गर्न नसकेको औँल्याउनुभयो । उहाँले आर्थिक, शिक्षा तथा विकास–निर्माणमा जापानले सहयोग गर्दै आएको भन्दै सराहना गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)