शान्ति सम्मेलनमा सहभागी हुन अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान
pahilopost.com · Mon Apr 05 17:15:06 GMT 2021
काठमाडौं : स्पेनमा हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसतर्फ प्रस्थान गरेका छन्। स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा हुने शान्ति सम्मेलनका लागि १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना सोमवार बेलुका त्यसतर्फ प्रस्थान गरेका हुन।
यही अप्रिल ६ देखि १२ तारिकसम्म आयोजना हुने सम्मेलनको अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)