काठमाडौंमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
baahrakhari.com · Sat Jul 25 12:21:53 GMT 2026

काठमाडौं । काठमाडौंमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार (साउन ९) दिउँसो तारकेश्वर नगरपालिका–१, झोर साङ्लामा महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तारकेश्वरकै नेपालटारकी करिब ४० वर्षीया रश्मी रिजालको शव फेला परेको परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दिलीप घिमिरेले जानकारी दिए । उनी शुक्रबार (साउन ८)देखि हराएको भन्दै खोजतलासका निम्ति प्रहरी कार्यालयमा निवेदन समेत दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)