मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिश्रको वैकल्पिक राजनीतिक ‘अवसान’

annapurnapost.com · Thu Sep 29 01:03:00 GMT 2022

काठमाडौं : वैकल्पिक राजनीतिक भन्दै आएका रवीन्द्र मिश्र अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष बनाइएको छ। राप्रपा र रवीन्द्र मिश्र समूहबीच बुधबार एकता घोषणा भएको छ। बटुकहरूले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका एकताको घोषणा गरिएको छ। एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरूसँगै मिश्रले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए।

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गर्दै एक–अर्कालाई हस्तान्तरण गरेका छन्। राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धु्रुवीकरण पक्षबीच भएको एकता घोषणापत्रमा चार बुँदे सहमति उल्लेख गरिएका छन्। पहिलो नम्बरमा मिश्रको पदबारे उल्लेख छ। ‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन्,’ पहिलो बुँदामा लेखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)