राजनीतिक दलहरूको बिचमा सहमति र एकता आवश्यक : नेता शर्मा
ratopati.com · Fri Mar 01 17:05:00 GMT 2024
कतार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धनमा खटपटको चर्चा भइरहेको बेला नेता शर्माले राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकतामा जोड दिएका हुन् ।
जनप्रगतिशील मञ्च कतारको छैटौँ महाधिवेशनलाई शुक्रवार कतारको राजधानी दोहामा सम्बोधन गर्दै शर्माले आंशिक गठबन्धन नभई वर्तमान अवस्थामा संसदमा रहेका मुख्य दलहरूको बिचमै एकता हुनुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)