मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रावा बैङ्कको साढे बाह्र प्रतिशत लाभांश

gorkhapatraonline.com · Fri Jan 13 01:02:22 GMT 2023

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ७.५० प्रतिशत र बोनस सेयर ५ प्रतिशत दिने प्रस्तावलाई पारित गरेको हो । साधरण सभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपियाँ नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपियाँ बरावरको बोनस सेयर सेयरधनीलाई प्रदान गर्ने निर्णय पारित गरेपछि कुुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपियाँ हुने बैङ्कले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)