निर्वाचन भएको २ वर्षपछि व्यास नगरपालिकामा पुनःमतगणना गर्न आदेश
onlinekhabar.com · Tue May 14 17:01:20 UTC 2024

१ जेठ, पोखरा । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि स्वतन्त्र सांसद दीपकराज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश आएको हो ।
नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्धा हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)