प्रधानमन्त्रीलाई डा. बाबुरामको कटाक्ष : बेत बसिसकेका गाईबाट दूध आशा गर्नु आशा गर्नेकै दोष !
farakdhar.com · Tue May 14 17:36:13 UTC 2024

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘बेत बसिसकेको गाई’को संज्ञा दिएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको केही घण्टापछि उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । ‘सामान्यतः ५ वर्ष निम्ति निर्वाचित सरकारले आफ्ना पहिला दुई वर्षमा रूपान्तरणकारी नीति तथा कार्यक्रम र बजेट ल्याएर गुणात्मक परिवर्तनको प्रत्याभूति गराउने प्रयत्न गर्,’ उनले लेखेका छन्, ‘तर प्रचण्ड नेतृत्वको गठबन्धन सरकारको दुई वर्षको दिशाहीन यात्रा र कछुवा गतिको पारा हेर्दा यसले देशका गम्भीर संरचनात्मक समस्या हल गर्न सक्दैन भन्ने प्रष्ट हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)