ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
ratopati.com · Tue May 14 17:36:00 UTC 2024

काठमाडौँ । तनहुँको ब्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । मङ्गलवार अदालतले ब्यासमा दुई वर्षअघि सम्पन्न स्थानीय तह निर्वाचनको पुनः मतगणना हुने फैसला गरेको हो ।
सो स्थानीय तहका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)