हिमालयन बैंकको सात शाखामा रिसाइक्लर मेशिन सेवा
lokaantar.com · Wed Jan 11 01:10:00 GMT 2023
हिमालयन बैंक लिमिटेडले ग्राहकको सहजताका लागि विभिन्न शाखामा क्यास रिसाइक्लर मेशिन (सीआरएम) सञ्चालनमा ल्याएको छ । बैंकले अहिले सात वटा सीआरएम केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्यूरोड, पाटन, भरतपुर र भैरहवा शाखामा राखी सेवा प्रदान गरिरहेको सो बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले बताए ।
यो मेशिनको सहयोगबाट ग्राहकले कुनै पनि शाखाबाट सजिलै पैसा झिक्न र जम्मा गर्न सक्ने कोइरालाले बताए । सीआरएमको संख्या आवश्यकताअनुसार थप्दैजाने बैंकले जनाएको छ । यो मेशिनबाट विना एटीएम कार्ड सिधै खाता नम्बरमा प्रविष्ट गरी पैसा जम्मा गर्न सकिने कोइरालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)