इन्स्पेक्टर गुरुङले पूर्वपत्नीलाई कुटे
ratopati.com · Fri Aug 15 17:15:40 GMT 2025

काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले पूर्व पत्नीलाई कुटपिट गरेका छन् । ललितपुरको हात्तिवनमा रहेको डेरामा गएर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयमा कार्यरङ गुरुङले केही समयअघि दाहालसँग सम्बन्धबिच्छेद गरेका थिए । आफ्ना बच्चाहरूसँग बस्दै आएकी दाहाललाई शुक्रवार साँझ उनले रगतपच्छे हुने गरी कुटपिट गरेको आरोप छ । दाहालले आफ्नो फेसबुक पेजमा रगतपच्छे भएको फोटो राखेर सहयोगको याचना गर्दै लेखेकी छन्, ‘हेल्प मि, गुरुङबाट म कुटिएँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)