दुई किशोरीबीच यूएस ओपन फाइनल
ekantipur.com · Sat Sep 11 00:24:47 GMT 2021
न्युयोर्क — बेलायती १८ वर्षीया इमा राडुकानु शुक्रबार इतिहासमा ग्रान्ड स्लामको फाइनल पुग्ने पहिलो क्वालिफायर खेलाडी भएकी छन् । यूएस ओपनको फाइनलमा उनको सामना अर्का क्यानडेली किशोरी लेलाह फर्नान्डेजविरुद्ध हुनेछ । यो वर्षको सुरुसम्म राडुकानु बेलायतमै पनि कसैले नाम नसुनेका खेलाडी जस्तै थिइन् ।
तर सेमिफाइनल खेल्ने सबैभन्दा कान्छी खेलाडी हुने क्रममा १७ वर्षीया राडुकानुले ग्रिसकी १७ औं वरीयताप्राप्त मारिया साकारीलाई ६–१, ६–४ ले पराजित गरिन् । खेलपछि उनले प्रतिक्रिया दिँदै भनेकी छन्, ‘म फाइनल पुगेकी छु तर, मलाई नै विश्वास भइरहेको छैन ।’ सन् २००४ मा मारिया सारापोभाले १७ वर्षको उमेरमा विम्बल्डन जितेयता कान्छी खेलाडीको रूपमा फाइनल पुग्ने राडुकानु पहिलो हुन् । सन् २०१४ मा सेरेना विलियम्सपछि एक सेट पनि नहारेर युएस ओपन उपाधि जितको नजिक छिन् राडुकानु ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)