पुतलीबजार–४ का वडाध्यक्ष थापा फक्राउ
gorkhapatraonline.com · Mon May 11 17:38:22 GMT 2026

मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धनन अघि बढ्ने बताउनुभयो । २०७९ को स्थानीय तह निर्वाचनमा थापाले नेपाली काँग्रेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)