फोटो पत्रकारका लागि एआई सीपसम्बन्धी दुईदिने तालिम सुरु
nepalpress.com · Sat Jul 25 14:13:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौँमा सुरु भएको छ।
डिजिटल प्रविधिको विकाससँगै फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम साउन ९ र १० गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको सहभागिता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)