सूर्यविनायक नगर समितिको सभापतिपदमा विशुराम थापा निर्वाचित
news24nepal.tv · Fri Sep 25 08:30:57 GMT 2026

भक्तपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशराम थापा अत्यधिक मतले निर्वाचित भएका छन् ।
बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन न्यौपाने दुई समुह बनाएर प्रतिस्पर्धामा थिए । राती अबेर घोषणा गरिएको निर्वाचन परिणाममा विश्व रामको समुहका सबै पदाधिकारी निर्वाचित भएका छन् । कूल खसेको ३५० भोट मध्ये विश्व रामले २०७ मत पाएका छन् भने न्यौपाने १४३ मत पाएका छन् । त्यस्तै उपसभापतिमा थापाकै टिमका राजाराम खत्री १९० मतसहित विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)