मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

nagariknews.nagariknetwork.com · Fri Sep 25 08:05:10 GMT 2026

यतिबेला मौसम धुम्म छ। बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ। कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ। ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन्। आकाश उज्यालिने छाँटकाँट नहुँदा मन अँध्यारिन्छ। जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ।

वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा बग्दै गएको, बस्तीमा बाढी पसेको त्यो दृश्य अझै नाचिरहेको छ, स्थानीय कृष्ण श्रेष्ठका आँखामा। “हेर्दा हेर्दै मन्दिरको छानासम्म पानी पुग्यो। आँखैअगाडि मन्दिर बगायो”, उनी भन्छन्, “मान्छेका घरहरू पनि डुबाउन थाल्यो। मुलधारे वर्षामा भिज्दै कोही बच्चा काखमा च्यापेर भाग्न थाले। कोही कुखुरा त कोही बाख्रा डोर्‍याएर भागिरहेका थिए।”

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)