बजेट कार्यान्वयनका लागि कर्णाली सरकारका १० बुँदे प्रतिबद्धता
baahrakhari.com · Fri Aug 15 18:02:10 GMT 2025

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि १० बुँदे प्रतिबद्धता जारी गरेको छ । कर्णाली प्रदेश सरकारले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममलाई कार्यान्वयन गर्न १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।
प्रमुख स्वकीय सचिव गौतमका अनुसार मन्त्री, प्रदेश सचिव तथा आयोजना/कार्यालय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौताअनुसार वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको मासिक कार्ययोजना बनाई पूर्णरूपमा कार्यान्वयन गर्दै समग्र मन्त्रालयको लक्ष्य हासिल गर्न सबैले प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)