अब धेरै अस्थिर नहोऔं
annapurnapost.com · Tue Mar 05 00:45:12 GMT 2024
पोहोर पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । तीन महिना नपुग्दै एमालेलाई बहिर्गमन गरी कांग्रेससँग हात मिलाए । फेरि वर्ष दिन हुँदा नहुँदै कांग्रेसको साथ छाडे र एमालेलाई सत्तासीन गराए । यो फेरबदल समयको आवश्यकता भए पनि यथार्थमा यो चरम अस्थिरताको उदाहरण हो । यस्ता घटना अब दोहोरिइरहनु हुँदैन ।
नेपालमा पटक–पटक विभिन्न राजनीतिक उथलपुथल र जनआन्दोलनहरू भए । सशस्त्र युद्धदेखि सडक आन्दोलसम्मका अन्तर्य निम्नवर्गको हित, सुशासन, दिगो विकास र राजनीतिक स्थिरता थिए । त्यही प्रयोजनार्थ हामीले संविधानसभाको जम्बो टोलीलाई दुई कार्यकाल उपयोग गरेर संविधान बनायौं । त्यसले पनि स्थिरता दिन सकेन । हामीले जुन निर्वाचन प्रणाली अपनायौं, त्यसका कारण सदा राजनीति विकृत खेलको सिकार हुने ठाउँमा पुगेको छ । जनप्रतिनिधिको काम सरकार बनाउने, ढाल्ने, सत्ताको पालो ढुक्ने र अर्काको खुट्टा तान्नेमा केन्द्रित भयो । त्यसैको परिणाम कति सजिलै अघिल्लो पाला प्रधानमन्त्री दाहालले ओलीलाई चटक्क छाडे, यसपालि देउवालाई ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)