मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप फुटबल : सेनेगललाई ३-० गाेलले हराउँदै इङ्ल्यान्ड क्वाटर फाइनलमा

Ujyaaloonline.com · Sun Dec 04 23:34:53 GMT 2022

काठमाण्डाै - सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्व कपको फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल बयात स्टेडियममा गए राति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक/एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)