मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक
ratopati.com · Fri Aug 15 18:22:46 GMT 2025

मुस्ताङ । स्याउको राजधानीका रूपमा प्रख्यात मुस्ताङमा स्याउ टिप्ने (पोस्ट हार्भेस्ट) कार्यतालिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङको अध्यक्षतामा शुक्रबार यहाँ बसेको स्याउ टिप्ने जिल्लास्तरीय समन्वय बैठकले उक्त कार्यतालिका सार्वजनिक गरेको हो ।
जिल्लामा उत्पादन हुने स्याउको गुलियोपना कायम गर्न र गुणस्तर कायम गरी उपभोक्ताबिच पृथक किसिमको ‘ब्राण्ड’ र पहिचान स्थापित गर्ने उद्देश्यले स्याउ टिप्ने कार्यतालिका तय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)