रुसी आक्रमणविरुद्ध संसारभर प्रदर्शन
ekantipur.com · Sat Feb 26 01:01:13 GMT 2022
किभ — मसिम पानी परिरहेकाले शुक्रबार बिहान अमेरिकी राजधानी वासिङ्टन डीसीमा चिसो थियो । राष्ट्रपति निवास ह्वाइट हाउसअघिको माहोल भने युक्रेनी पक्षधरको प्रदर्शनले गर्माएको थियो । नीलो र पहेंलो रंगको राष्ट्रिय झन्डासहित उपस्थित उनीहरूले युक्रेन र शान्तिको पक्षमा प्रार्थना गरिदिन आग्रह गरिरहेका थिए ।
राष्ट्रगान गाएपछि एक युवतीले बीबीसीसँग भनिन्, ‘म मेरो हजुरआमालाई जीवित देख्न चाहन्छु, उहाँहरूको मृत्यु भएको खबर सुन्न चाहन्नँ ।’ बिहान ५ बजे युक्रेनमा रहेकी हजुरआमाको आर्तनाद फोनमा सुनेको उनले बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)