मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ ः अध्यक्ष यादव

ratopati.com

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा सोमबार​ लोहारपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गरे ।

सङ्घीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको बताए । “सङ्घर्षको यात्रा अझै जारी छ”, उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)