ओझेलमा परेको महालक्ष्मी व्रतको आज आठौँ दिन
nagariknews.nagariknetwork.com · Fri Sep 25 09:50:22 GMT 2026

२०८३ साल असोज २ गतेदेखि प्रारम्भ भई असोज १७ गते समापन हुने महालक्ष्मी व्रतको आज पवित्र सोह्र दिनमध्ये आठौँ दिन। समयको तीव्र गतिसँगै हाम्रा धेरै मौलिक संस्कारहरू बिस्तारै जीवनको केन्द्रबाट ओझेल पर्दै गइरहेका छन्। कहिलेकाहीँ क्यालेन्डरका पानाले चाडपर्वको मिति त सम्झाइदिन्छन्, तर ती पर्वले बोकेको दर्शन, अनुशासन र जीवनबोध भने हाम्रो चेतनाबाट हराउँदै गइरहेका हुन्छन्।
महालक्ष्मी व्रत पनि त्यही एउटा पुरानो सांस्कृतिक सम्पदा हो। यसलाई केवल व्रत, पूजा र समृद्धिको कामनामा सीमित गरेर बुझ्यौँ भने यसको गहिराइसँग अन्याय हुन्छ। यी सोह्र दिन घरको पूजाकोठामा लक्ष्मीमाताको स्थापना गरिन्छ। सोह्र थरी फूल, धूप, दीप र नैवेद्य अर्पण गरिन्छ। अखण्ड दीप प्रज्वलित गरिन्छ। एकछाक चोखो भोजन गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)