भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग
swasthyakhabar.com · Fri Sep 25 10:00:28 GMT 2026

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)