सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
ratopati.com · Sat Jul 25 15:49:22 GMT 2026

दमास्कस । सिरियाको मध्य–पूर्वी मरुभूमि क्षेत्रमा शनिबार दुई यात्रुवाहक बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। घटनामा थप ३० जना घाइते भएका सिरियाली सञ्चार माध्यमहरूले जनाएका छन्।
दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)