शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद
lokaantar.com

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी आज धनगढी पुगेका थिए । सचिव पौडेलले आजै उपचाररत डा. केसीलाई सेती प्रादेशिक अस्पताल पुगेर भेटेका थिए । त्यस क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)