अत्यावश्यकबाहेक स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्ने
nagariknews.nagariknetwork.com · Fri Sep 25 10:14:52 GMT 2026

मनसुनजन्य गतिविधिका कारण विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य सेवा निरन्तरता र विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरेको छ।
अस्पतालले अत्यावश्यक अवस्थाबाहेक कर्मचारी तथा स्वास्थ्यकर्मीको सात दिनसम्मको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको छ। यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो। सम्भावित विपद्मा आवश्यक जनशक्ति अस्पतालमै उपलब्ध गराई स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण थापाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)