दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया
swasthyakhabar.com · Fri Sep 25 10:29:17 GMT 2026

अछाम- बयालपाटा प्रादेशिक अस्पतालमा जटिल खालको चोटको सफल शल्यक्रिया गरिएको छ। अछामको मेल्लेख गाउँपालिका–६ की ४४ वर्षीया देवसरा कडायत (साउँद) को काटिएको हातको सफल शल्यक्रिया गरिएको हो। हँसियाले काटिएर चार दिन पुरानो घाउ लिएर अस्पताल पुगेकी कडायतको हातका तीन वटा कण्डरा (टेण्डन), दुई वटा नाडी (रिस्ट) र एउटा स्नायु (नर्भ) मा पुरै क्षति पुगेको थियो। अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्वबन्धु निरौला नेतृत्वको चिकित्सकीय टोलीले उनको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
रुखबाट छोराले घाँस काटिसकेपछि हँसिया भुइँमा फाल्ने क्रममा उछिट्टिएर हातमा लाग्दा देवसराको हात काटिएको थियो। हँसिया लागेपछि आफूलाई केही थाहा नभएको र करिब एक घण्टापछि होस आउँदा हातबाट धेरै रगत बगिसकेको उनले बताइन्। हात सफा गर्न नजिकैको खोलामा जाँदा हातबाट बगेको रगतले खोला नै रातो भएको घटना उनले सम्झिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)