मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङको तालगाउँमा राहत पुगेन, बाढीपीडित भन्छन् : सरकार कहाँ छ ?

nepalghatana.com · Sun Jun 20 00:12:00 GMT 2021

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो । बाढी आएको एकसाता हुँदा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।

कुनै राहतको व्यवस्था नभएपछि क्रष्टकर र दयनिय अवस्थामा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । स्थानीय ललिता गुरुङका अनुसार बाढीले घर डुबानमा परेपछि कहिले जंगल, कहिले डाँडातिर त कहिले ओडारको बास भएको छ । गाउँलाई फर्किएर हेर्दा मन भकानिन्छ । ‘सोच्दै नसोंचेको कुरा भयो । एक्कासि बाढी आएर घर डुब्यो । दिउँसोको समय भएकाले जसोतसो ज्यान बचाउन सकियो’ उहाँले भन्नुभयो, ‘कहिले मस्र्याङदीमा पानी घट्ला अनि घर गएर केही सामान खोजेर ल्याउ जस्तो हुन्छ । तल नदीमा हे¥यो, पानी घट्दै घट्दैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)