स्मृति प्रतिष्ठानको नाममा राज्यकोष दोहन
nepalnews.com · Sun Jun 07 04:15:44 GMT 2026

सुर्खेतको पूर्वी भेग लेकबेसी नगरपालिका-१ लेखफर्सामा मदन भण्डारी राजमार्गको छेउमै पाँचतले भवन बनिरहेको छ। कुनै व्यावसायिक वा सेवा प्रयोजनका लागि निर्माणाधीन ठूलो संरचना जस्तो देखिए पनि भवन नेपाली कांग्रेसका दिवंगत नेताको नाममा स्थापित ‘कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान’ को हो।
झन्डै ५०० जना अट्ने सभाहलसमेतको भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले आठ करोड रुपैयाँ हाराहारी खर्च गर्दै छ। जसका लागि प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयमार्फत सात करोड ६४ लाख ४४ हजार ८९५ रुपैयाँमा ठेक्का स्वीकृत भएको छ। सोहीअनुसार भदौ २०८१ मा सम्झौता गरेर आरसी-आरआरसी जेभीले निर्माण सुरु गरेको थियो। चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण समयसीमा तोकिएको भवनको हालसम्म करिब ८० प्रतिशत प्राविधिक काम सकिएको निर्देशनालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)