सानीभेरीको शिक्षालाई नमुना बनाउने लक्ष्य
gorkhapatraonline.com · Sun Jun 07 04:15:44 GMT 2026

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सानीभेरी गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
सानीभेरीको शिक्षा क्षेत्रलाई नमुना बनाउने लक्ष्य अनुरूप गाउँपालिकाले ४२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ४७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । रुकुमपश्चिम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार शैक्षिक सत्र २०८३ को प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं