सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल : रमेश लेखक
farakdhar.com · Fri Feb 09 17:02:18 GMT 2024
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् । महेन्द्रनगरमा आज महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिकरूपमा अघि बढेको बताए ।
‘दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ,’ उनले भने, ‘भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।’ उनले महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको बताउँदै महाकाली करिडोरको काम पनि प्रारम्भ भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)