मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकालु बेसक्याम्प र शिवधारामा सञ्चार सेवा विस्तार गर्न माग

ratopati.com · Fri Aug 15 20:19:42 GMT 2025

सङ्खुवासभा । मकालु गाउँपालिकास्थित मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विश्वको पाँचौँ अग्लो मकालु हिमाल, बेसक्याम्प र धार्मिक तथा पर्यटकीय क्षेत्र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

मकालु बेसक्याम्प र शिवधारा क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न माग गरिएकामा बैठकले सेवा विस्तार गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । टेलिफोन तथा इन्टरनेट सुविधा नभएका कारण बिरामी परेमा आन्तरिक तथा बाह्य पर्यटकको तत्काल उद्धारका लागि कठिनाइ हुने गरेकाले उक्त निर्णय गरिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)