सिरियामा बस दुर्घटना, ३५ जनाको मृत्यु, ३० घाइते
nepalnews.com · Sat Jul 25 17:14:35 GMT 2026

दमास्कस। सिरियाको मध्य–पूर्वी मरुभूमी क्षेत्रमा शनिबार दुई यात्रुबाहक बसहरू एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको सिरियाली सञ्चार माध्यमले जनाएका छन् । घटनामा थप ३० जना घाइते भएको जनाइएको छ।
सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका जनाएको छ । दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)