नक्कली एक हजारका ५ लाख ६९ हजार रुपैयाँसहित तीन पक्राउ
annapurnapost.com · Tue Feb 14 16:26:45 GMT 2023
नेपालगन्ज : बाँके प्रहरीले नक्कली एक हजार रुपैयाँका पाँच लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सन्तोष सिंह राठौरका अनुसार कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ (३३), अछामको तुर्माखाँद गाउँपालिका-३ का ३० वर्षीय दीपक विसी र सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)