‘सरुवा बिचौलिया’ रोक्न मन्त्रालयको गेटमा प्रहरी !
ekantipur.com · Sun Sep 17 16:52:49 GMT 2023
काठमाडौँ — कर्मचारी सरुवामा विचौलियाको चलखेल बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा प्रहरी राख्न थालिएको छ । मन्त्रालयको अग्रभागमा रहेको दुईतिर खुल्ने ढोकाको एकातिर बन्द गरिएको छ भने कोठाकोठामा सीसीटीभी क्यामरा जडान गरिएको छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सुमन दाहालले अनावश्यक मान्छेको प्रवेशले भीडभाड बढेर काममा अवरोध सिर्जना भएकाले यस्तो व्यवस्था गरेको बताए । ‘नचाहिने मान्छे किन लगातार आइरहन्छन् त्यो पनि हामीले पहिचान गर्न खाजेका छौं,’ उनले भने,‘अव एउटै व्यक्ति एकै दिन कति पटक आउँछ त्यसको रेकर्ड राखिनेछ ।’ मन्त्रालयका कामभन्दा पनि मान्छेको भीडले अस्तव्यस्त हुने गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)