मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

ratopati.com · Fri Aug 15 21:16:13 GMT 2025

पाँचथर । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ

मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् । आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार हेवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)