गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान
nayapatrikadaily.com · Wed Feb 23 00:38:00 GMT 2022
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ । ‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी)को वाइडबडी जहाजबाट परीक्षण उडान सुरु गरिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । विमानस्थलमा एरोनेटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)ले ६ फागुनदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिरहेको छ ।
थाइल्यान्डबाट ल्याइएको विशेष जहाजबाट विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण गर्न दैनिक सात घन्टासम्म उडान भइरहेको छ । ‘क्यालिब्रेसन फ्लाइट बढीमा १५ फागुनसम्म सम्पन्न हुनेछ, एरो थाईले रिपोर्ट दिएपछि अरू प्रोसिडियरहरू पनि समयमै पूरा गर्नेछौँ,’ दाहालले भने, ‘हामी २ जेठ अर्थात् बुद्धपूर्णिमाको दिनदेखि नियमित उडान सुरु गर्नेछाैँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)