यूईएफए च्याम्पियन्स लिगमा पीएसजीले रियल म्याड्रिडलाई हरायो : एमबाप्पेको निर्णायक गोल
Ujyaaloonline.com · Wed Feb 16 01:04:00 GMT 2022
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ ।
पीएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा फरवार्ड केलियन एमबाप्पेको गोलमा पीएसजीले पाहुना टोली रियललाई हराएको हो । खेलको ६२औं मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा चुक्दा पीएसजी अग्रता लिन चुकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)